दाहाल–नेपालमाथि प्रधानमन्त्रीको व्यंग्य– गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन सफल पार्नुभयो

जनपत्र
२३ माघ २०७७, शुक्रबार ०७:१४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हडतालले जनतालाई दुःख दिएको बताएका छन् ।

अखिल नेपाल किसान सङ्गठनले आज आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले भने, ‘गरिबको तरकारी फ्याँकेर उहाँहरुले महान् आन्दोलन सफल पार्नुभयो । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।’

अध्यक्ष दाहाल र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै भने, ‘एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।’

किसानका समस्या समाधान गर्नेमा सरकार गम्भीरतापूर्वक लागेको उनको भनाइ छ । पार्टी अब आन्तरिकरुपमा सुदृढ हुँदै शुद्धीकरण र विस्तारित हुने उनको भनाइ छ । अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी किसान आन्दोलनको जगमा अडिएको बताउँदै पार्टी प्रतिबन्ध भएको अवस्थामा किसान महासङ्घ र विद्यार्थीबाट नै पार्टीका काम गरिएको स्मरण गरे । काठमाण्डुप्रेसबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*