प्रधानमन्त्री ओलीद्धारा देशबासीको नाममा सम्बोधन (सम्बोधनको पूर्ण पाठसहित)

जनपत्र
१ बैशाख २०७६, आईतवार १०:४६

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् । आईतबार बिहान सरकारी निवास बालुवाटारबाट देशभित्र र वाहिर रहेका समस्त नेपालीलाई शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले मुलुक सम्मुन्नत विकासको पथमा लम्किएको भन्दै २०७६ साल विशेष उपलब्धिमूलक बर्ष हुने बताए । २०७५ साल नीति निर्माण र विकासको आधार तयार गर्ने सन्र्दभमा पनि निकै उपलब्धिमूलक रहेको उल्लेख गरे ।
उनले एक बर्षमा सरकारले कामै गरेन भन्नु भन्दा पनि सरकारले अघि सारेका कार्यक्रमको प्रगतीका बारेमा प्रश्न गर्न सुझाए । उनले भने“ सरकारलाई यसरी प्रश्न गरौ आउनुहोस् हामी सिकाउछौ । यो बर्ष के के काम भए ? नीति कति बने ?  पहिले नचलेका विमानस्थल अहिले कति संञ्चालनमा आए ? आजै बाट सुरु हुने जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रमले के लाभ दिन्छ ?” तथ्य र तथ्यांक सहित व्यवहारबाट जवाफ दिन सरकार सधै तयार रहेको उनले स्पष्ट पारे ।

सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै उनले ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने –भ्रष्टचारीलाई कारवाही गर्दा त्यसको मुख नहेर्ने‘ आफ्नो दृढ सार्वजनिक घोषणा भएको उल्लेख गरे । उनले राज्यको सम्पति माथिको अनधिकृत दोहनलाई सरकारले छुट नदिने बताए । भ्रष्टाचार विरुद्धको लडाई चुनौतिपुर्ण भएकाले लामै समय लिने भएपनि जुनसुकै मुल्य चुकाएर भएपनि भ्रष्टाचार उन्मुलन गरि छाड्ने अभियानमा आफु प्रतिबद्ध रहेको जनाए ।

सम्बृद्धिको पुर्व सर्त शान्ति भएको भन्दै उहाँले शान्तिका लागि वितेको बर्षमा मुलुकले राजनीतिक रुपले महत्वपुर्ण उपलब्धि हासिल गरेको दाबी गरे । उनले सिके राउतसंग भएको राजनीतिक सहमति निकै महत्वपुर्ण भएको उल्लेख गरे । उनले भने “अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउदै आएको समुहले नेपालको संविधान अनुरुप  राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय होइन । यससंगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउदा मैले सन्तोष अनुभव गरिरहेको छु । ”

विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको भन्दै उनले सबै खाले अतिवाद असान्ति र आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गरिने प्रतिवद्धता जाहेर गरे ।

उनले भने “लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन । शान्तिपुर्ण रुपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभुत गरेको छ । तर अबाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाईका साथ नियन्त्रण गरिने छ । राजनीतिक रंग दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु । ”

यु ए ईका प्रधानमन्त्रीको माई भिजन पुस्तकमा उल्लेखित विषयको दृष्टान्त दिदै प्रधानमन्त्री ओलीले मुलुक समग्र विकासमा पछि परेकाले विकासको गतिलाई अरुले भन्दा तिब्रता दिनुपर्र्नेमा जोड दिए । उनले मुलुकको विकासको गतिलाई अफ्रिकी सिंह र हरिणको दौड जस्तै बनाउनुपर्ने बताए ।

सम्बोधनका क्रममा उनले एक बर्षमा आफुले मलुकका विभिन्न स्थानमा गएर ३ सय १४ वटा कार्यक्रममा सहभागी भएको फेहरिस्त पनि सुनाए ।
सम्बोधनको पूर्ण पाठ
New Year Message2076 (Final) (1)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*