नाम परिवर्तन गरेर नायिका बनेकी करिश्मा ४७ वर्षमा प्रवेश
नेपाली चलचित्र जगतकी सदावहार नायिका करिश्मा मानन्धर ४७ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म २०३० साल माघ २२ गते काठमाडौँ, बत्तीसपुतलीमा भएको थियो । उनको वास्तविक नाम भने बुनु केसी हो । नाम परिवर्तन गरेर करिश्माले १४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी थिइन् ।
उमेरले ४० पाइला टेकेपछि विद्यालयमा गएर अध्ययन गरी एसईई उत्तिर्ण गरेकी उनी हाल प्लस टूमा अध्ययनरत छिन् ।चलचित्र ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माले ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ लगायतका चलचित्रले उनको करिअर उत्कर्षमा पुर्याएको थियो ।
सात महिना मुम्बई गएर मधुमति डान्स सेन्टरमा नृत्य र अभिनय समेत सिकेकी उनी नेपाल फर्किएर अभिनय गर्दा राजेश हमालसँगको ‘केमेस्ट्री’ अत्याधिक रुचाइएको थियो ।







