प्रहरीसंगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट

जनपत्र
२३ माघ २०७७, शुक्रबार ०६:४९

बिहीबार नेकपा माधव प्रचण्ड समूहले आयोजनामा भएको आम हड्तालमा प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । अण्डोषमा गम्भीर चोट लागेपछि उनलाई काठमाडौं पठाइएको छ ।

जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उहाँको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो । पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*