नेकपा केन्द्रीय सदस्य वाग्ले मृत फेला
नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा फेला परेका छन् ।बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो। प्रहरीले सडक दुर्घटनामा परी वाग्लेको मृत्यु भएको जनाएको छ। प्रहरीका अनुसार वाग्ले सवार मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा फेला परेको छ।
नेकपा प्रचण्ड–माधव समूहले बुधबार साँझ सर्लाहीको बरहथवानमा आयोजना गरेको मशाल जुलुसमा सहभागी भइ घर फर्कंदै गरेका वाग्ले मृत अवस्थामा भेटिएका हुन्।







