आबुधाबी टी-१० : सोमपाल आवद्ध अरेबियन्सको चौथो हार

जनपत्र
२२ माघ २०७७, बिहीबार ०६:४७

नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा चौथो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो । मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । आबुधाबीको जितमा क्रिस गेलले अविजित ८४ रन बनाए । पाउल स्ट्रर्लिङले १५ रन जोडे ।

मराठाका मोसडेक होसेनले १ विकेट लिए । सोमपालले १ ओभर बलिङ गर्दै २७ रन खर्चिए । यसअघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो । मराठाका लागि अलिशन सराफुले ३३ रन जोड्दा मोहमद हाफिजले २० रन बनाए । आबुधाबीका ओबेड म्याकोएले २ विकेट लिए । जितसँगै आबुधाबीले ३ खेलमा २ अंक जोडेको छ । मराठाले पनि ३ खेलमा २ अंक जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*