यी स्टार, जसलाई शिवले लोकदोहोरीको भिडियोमा अभिनय गराए

जनपत्र
२० माघ २०७७, मंगलवार ०६:३७

लोकदोहोर गीतको भिडियोमा चलचित्रका नायक(नायिकालाई अभिनय गराउने निर्देशकमा शिव विकको नाम अगाडि आउँछ । लोकदोहोरीका भिडियोमा चलचित्रका कलाकारहरु अभिनय नगर्ने ‘परम्परा’ जस्तै रहेको समयमा निर्देशक विकले चलचित्रका स्टार नायकहरुलाई भिडियोमा अभिनय गराउन सुरु गरेका थिए ।

उनले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, धीरेन शाक्यलगायत नायकलाई लोकदोहोरीको भिडियोमा अभिनय गराएका छन् । “म केही नयाँ र भिन्न काम गरौं भन्ने सोच सुरुदेखि नै राख्थेँ । त्यसैले के नयाँ गरौंभन्दा चलचित्रका नायकहरुलाई लोकदोहोरीको भिडियोमा अभिनय गराउँछु भन्ने सोच आयो,” शिव विक भन्छन्, “यही सोचले मैले चलचित्रका पहिलो रोजाइ र व्यस्त नायकहरुलाई लोकदोहोरीको भिडियोमा अभिनय गराएको थिएँ ।”

०५९ सालमा लोकदोहोरी गीतको भिडियोमा सुपरस्टार भुवन केसीलाई अभिनय गराउन सहज थिएन । अफर गर्नै पनि असहज लाग्ने अवस्था थियो । त्यसैले गायिका निशा सुनारमार्फत शिवले अफर गरे । निशाका कारण भुवनलाई भिडियोमा अभिनय गराउन सहज भएको शिव बताउँछन् । भुवनले ‘पानमा पराग छ।।।’ बोलको गीतमा अभिनय गरेका थिए ।

०६० सालमा धीरेन शाक्यले ‘सररर पानी घट्टमा।।।’ बोलको गीतमा अभिनय गरे । यो भिडियोको क्रेडिट लाइनमा निर्देशक रोशन श्रेष्ठको नाम देखिन्छ । तर, पृष्ठभूमिमा बसेर आफूले काम गरेको शिवको भनाइ छ । चलचित्रका अर्का सुपर स्टार थिए, नायक शिव श्रेष्ठ । भलै उनले चलचित्रमा अभिनय पालतो भइसकेको थियो । तर पनि विकले शिव श्रेष्ठलाई अफर गरे । कठिन भए पनि उनी सफल भए । श्रेष्ठले ‘के हुन्छ कुन्नी।।।’ बोलको गीतमा उनले अभिनय गरे ।

तत्कालीन समयका अर्का व्यस्त नायक थिए, राजेश हमाल । दिनकै तीनवटा चलचित्रका सेटमा उनी काम गर्थे । त्यही समय ९करिब ९ वर्ष अगाडि० शिवले राजेश हमाललाई अफर गरे । गीत थियो राजु परियार र विष्णु माझीको ‘कस्तो अचम्म।।।’ बोलको । अरु नायकसँग कसैसँग गायिका त कसैसँग अरुकै माध्यमबाट प्रस्ताव गर्दै आएका शिवले राजेशलाई आफैं अफर गरे । तर, व्यस्त राजेशलाई दुई वर्ष कुनुपर्यो शिवले ।

“त्यो समय राजेश दाइ यसै पनि चलचित्रमा व्यस्त हुनुहुन्थ्यो । अर्को कारण त्यो समय लोकदोहोरी भन्नबित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो,” शिव भन्छन्, “त्यसैले मैले उहाँलाई लामो समय कुर्नुपर्यो । दुईवर्ष कुरेर मैले राजेश दाइलाई पहिलोपटक लोकदोहोरीको भिडियोमा अभिनय गराएँ ।”

चलचित्रमा ठूलो नाम भएका व्यस्त कलाकारलाई भिडियोमा खेलाउन जोडबल गर्नुको कारण लोकदोहोरीप्रति रहेको नाकारात्मक धारणा हटाउनु रहेको शिव स्मरण गर्छन् । लोकदोहोरी भन्नेबित्तिकै नाक खुम्च्याउने चलनलाई परिवर्तन गर्न आफू त्यो समयका चलचित्रका स्टारको पछाडि लागेको उनी बताउँछन् ।

“अहिलेभन्दा पाँच वर्ष अगाडि मात्रै पनि लोकदोहोरी भन्नबित्तिकै चलचित्रका कलाकार पछि हट्थे । सालको पात टपहरी हुने।।। गीतमा नै अरु नायिकाले नमाने पछि मैले मरिष्का पोखरेललाई लिएको हुँ,” शिव भन्छन्, “चलचित्रका मात्रै होइन । पप र आधुनिक गीतका कालाकार पनि लोकदोहोरीको भिडियोमा खेल्न मान्दैन थिए । त्यसैले मैले उहाँहरुलाई पनि अभिनय गराएँ ।”

युवा पुस्ताले लोकदोहोरी नसुन्ने गरेका कारण पप, आधुनिक र चलचित्रका गीतमा अभिनय गर्ने कलाकारलाई अभिनय गराउँदा लोकदोहोरीप्रति रहेको नकारात्मक सोच हट्ने विश्वासका कारण आफूले चलचित्र, पप र आधुनिक गीतका कलाकारलाई अभिनय गराउने उनको भनाइ छ । पछिल्लो समय चलचित्रका धेरै कलाकार लोकदोहोरीको भिडियोमा अभिनय गर्न थालेका छन् । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*