नयाँ बर्षमा मुख्यमन्त्रीको शुभकामना, समृद्ध नेपाल निर्माणमा लाग्न आग्रह

हेटौडा । प्रदेश नम्बर –३ का मुख्य मन्त्री डोरमणि पौडेलले सबै देशबासीहरुका लागि नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भएको छ । नयाँ बर्ष २०७६ सालको शुभकामना सन्देश दिदै उहाँले लामो समय विद्यमान राजनीतिक सङ्क्रक्रमण अन्त्य भई देश यतिबेला विकास र समृद्धिको पथमा अघि बढेको बताउनुभयो ।
प्रदेश नम्बर ३ सरकार “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको अभियानमा कृयाशिल रहेको र यसमा आम नागरिकको साथ रहनुपर्ने बताउनुभयो । समृद्ध नेपालको उद्देश्य प्राप्तिका लागि नयाँ वर्ष २०७६ ले सबैमा नविन उत्साह, उर्जा र आत्मविश्वास जागृत गर्न सफल बन्ने र सबैको प्रयत्नबाट यस देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ । यहि विश्वासका साथ सरकार अगाडी बढेको बताउँदै उहाँले सबैमा हार्दिक शुभकामना दिनु भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको शुभकामना भिडियोमा जस्ताको तस्तै ।टौडा । प्रदेश नम्बर –३ का मुख्य मन्त्री डोरमणि पौडेलले सबै देशबासीहरुका लागि नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भएको छ । नयाँ बर्ष २०७६ सालको शुभकामना सन्देश दिदै उहाँले लामो समय विद्यमान राजनीतिक सङ्क्रक्रमण अन्त्य भई देश यतिबेला विकास र समृद्धिको पथमा अघि बढेको बताउनुभयो ।
प्रदेश नम्बर ३ सरकार “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको अभियानमा कृयाशिल रहेको र यसमा आम नागरिकको साथ रहनुपर्ने बताउनुभयो । समृद्ध नेपालको उद्देश्य प्राप्तिका लागि नयाँ वर्ष २०७६ ले सबैमा नविन उत्साह, उर्जा र आत्मविश्वास जागृत गर्न सफल बन्ने र सबैको प्रयत्नबाट यस देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ । यहि विश्वासका साथ सरकार अगाडी बढेको बताउँदै उहाँले सबैमा हार्दिक शुभकामना दिनु भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको शुभकामना भिडियोमा जस्ताको तस्तै ।
https://www.facebook.com/495396544269190/videos/417130795531144/