प्रधानमन्त्री हटाउने प्रयास गलत : मुख्यमन्त्री गुरुङ

जनपत्र
१५ माघ २०७७, बिहीबार ०६:०४

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दाबी गरे ।

गृह जिल्ला आएका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा ५ तीनपिप्लेमा आज आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा भने, “ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू(भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई झुक्न नदिने, समृद्ध नेपाल निर्माणमा विभिन्न विकासका काम गर्न सफल भएको छ ।ू

नेकपाका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, केन्द्रीय नेता तथा संविधानसभा सदस्य टुका हमाल, भीष्मनाथ अधिकारीलगायतले मुलुकको विकास गर्ने ओली नेतृत्वको कम्युनिस्ट सरकार रहेकाले सबै यही समूहमा लागेर देशलाई संकटमुक्त बनाउनुपर्नेमा जोड दिए । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*