बलिउड अभिनेता सोनुको नाममा निःशुल्क एम्बुलेन्स सेवा

जनपत्र
१४ माघ २०७७, बुधबार ०६:२०

हैदराबादमा बलिउड अभिनेता सोनु सुदको नाममा एक निःशुल्क सेवा सुरू भएको छ । यहाँका बिरामीका लागि एम्बुलेन्स सेवा सुरू भएको हो । यो सेवाको शुभारम्भ गर्न सोनु आफैं पुगेका थिए । यो समाचारलाई सोनु आफैँले सामाजिक सन्जालमा शेयर गरेका थिए । उनले आफू कुनै पनि राजनीतिक पार्टीमा नजोडिएको प्रमाण पेश गर्नका लागि सामाजिक काममा सक्रियता देखाएको उल्लेख गरेका छन् ।

उनले लकडाउनदेखि हालसम्म आफूले जति समाजसेवा गरे पनि त्यसको पछाडि कुनै राजनीतिक कारण नरहेको बताएका छन् । ‘यदि म राजनीतिमा जोडिएँ भने मानिसहरुले मलाई सय प्रश्न सोध्छन् । त्यहीकारण मेरो निर्णय यो थियो कि म मानिससँग जोडिन र उनीहरुको मद्दत गर्न चाहन्थें । यो सबै कुनै जाति या धर्मलाई लिएर थिएन, म समाजको हरेक वर्गसँग पुग्न चाहन्छु’, उनले भनेका छन् ।

उनले आफूले २० वर्षमा सय बढी फिल्ममा काम गरे पनि जसले आफूलाई चाहेको हो, त्यसमाझ पुग्न नसकेको खुलाए ।
‘मलाई लाग्छ कि म यो रियल लाइफ हिरोइज्मलाई सुखद रुपमा मनाइरहेको छु । यो एक फिल्म होइन, तर भगवान यसका निर्देशक अवश्य नै हुन्’, उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*