प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग बराबरी खेल्दै बागमती सेमिफाइनलमा

जनपत्र
१२ माघ २०७७, सोमबार ०६:२४

लुम्बिनीसँग बराबरी खेलेको बागमती राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ।मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमाञ्चक बराबरी खेलेको बागमतीले अन्तिम चारमा स्थान बनाउँदै सेमिफाइनलमा पुगेको हो। बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो।

रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो। लुम्बिनीले ९ विकेट गुमाईसकको थियो। क्रिजमा रहेका दिपेन्द्र रावत रन आउट भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो। त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए। कृष्ण कार्कीले ४१ रन बनाए। यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए। बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए। रामनरेश गिरी, इशान पाण्डे र तिलक भण्डारीले १र१ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेलेका थिए। आदीलले ५५ रन जोड्दा इशानले ५१ रनको योगदान गरेका थिए। यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ कप्तान ज्ञानेन्द्र मल्ल १४ र नन्दन यादव ११ रनमा अविजित रहे। लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए। कृष्ण कार्की र सन्दीप सुनारले २र२ विकेट लिए।

लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह ‘बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो। एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो। लुम्बिनीले भने ४ खेलमा ५ अंक जोड्न सक्यो। लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ। अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश–२ खेल्ने छ। पुलिस र प्रदेश २ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*