‘दाहाल-नेपाल’ समूहले संसद विघटनविरुद्ध थप आन्दोलन घोषणा गर्दै

जनपत्र
११ माघ २०७७, आईतवार ०६:२४

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ । नेकपा दहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत ओलीको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध छिट्टै अर्को चरणको स‌ंघर्षको कार्यक्रम घोषणा गर्ने जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीद्वारा हिजो राजधानीमा आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।’

उनले केपी ओलीजी सँगको शुरुदेखिको मुख्य मतभेद विधि र पद्धतिको पालनामा रहेको बताउँदै पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनुपर्ने जनाएका छन् ।

‘त्यसको निम्ति संघर्ष गर्नु पर्दछ । तब मात्र हामी आफ्नो प्रतिबद्धताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं ,’ उनले भनेका छन, ‘हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्व निर्धारित योजना संघर्ष समितिको जानाकारीविना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैनथियो । संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’ उनले आफूहरुले एउटा मुख्य चुनौती विधि पद्धति अनुसार पार्टी सञ्चालन गर्नु रहेको बताएका छन् । खबरहबबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*