‘पदका कारण नेकपा विभाजित भयो : पोखरेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् । उनले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा संकट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क गरे ।
युवा संघ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दो अवस्था भएको बताए ।







