तीन तहको सरकारका नाममा ब्रमलुट–नेता बानियाँ

जनपत्र
३० चैत्र २०७५, शनिबार ११:०५

हेटौंडा /  प्रदेश नम्बर –३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले तीन तहको सरकारका नाममा ब्रमलुट मचिएको आरोप लगाउनुभएको छ । निर्माण ब्याबसायी संघ मकवापनुरले आज हेटौंडामा नयाँ बर्ष २०७६ को अबसरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमको उध्घाटन् गर्दै उहाँले तीनै तहको सरकारमा अहिले ब्याप्त भ्रष्टाचार भएको दाबी गर्नुभयो । अहिले उपभोक्ता समितिका नाममा राजनीतिक भ्रष्टाचार मौलाएको उहाँले बताउनुभयो ।

६० लाख रुपैयाँ सम्मको काम उपभोक्ता समितिलाई दिदा बढी भ्रष्टाचार बढेको बताउनुभयो । सबै राजनीतिक आडमा उपभोक्ता समितिलाई दिदा निर्माण ब्याबसायी बर्षेनी सरकारलाई कर तिर्ने तर पलायन हुनुपर्ने अबस्थामा आएको बताउनुभयो । २०७५ साल कुराको बर्ष भएपनि अब आउँदो बर्ष भने काम गरेर खान पाउने बर्ष हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश –३ का प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले सार्बजनिक खरिद ऐन सहज नबनाए सम्म सबैलाई समस्या हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागााई, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । निर्माण ब्याबसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*