मकवानपुरका दश वटै स्थानिय तहको अनुगमन सकियो

जनपत्र
२९ चैत्र २०७५, शुक्रबार १८:०१

हेटौंडा / जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका दश वटै स्थानिय तहको अनुगमनको काम सकेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दशवटै स्थानिय तहको अनुगमन गरिएको हो । एक हप्ता लामो अनुगमनबाट मकवानपुरको थाहा नगरपालिका, ईन्द्रसरोबर गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिका, राक्सीराङ गाउँपालिका र भिमफेदी गाउँपालिकाको अनुगमन गरिएको हो ।

समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी लगायतकाको सहभागितामा दश वटै स्थानीय तहको अनुगमन गरिएको हो । आज अन्तिम अनुगमनमा हेटौंडा उपमहानगरपालिकाको बिकाश निर्माण र कार्यालयबाट हुँदै आएका कामको अनुगमन गरिएको छ । खुलालको नेतृत्वको टोलिले आज हेटौंडा १४ को स्लाब ढलान, कुख्रेनी खोलाको तटबन्धन, हात्तिलेटमा निर्माण भएको सडक, हेटौंडा ४ पारिजातपथको कबर्डहलको अनुगमन गरिएको समन्वय समितिका प्रमुख खुलालले बताउनुभयो ।

अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल लगायतकाको टोलिले अनुगमन गरेको हो । हेटौंडाको प्रगति समिक्षाको अन्तरकृयामा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत सहित बसेर कार्यक्रम गरिएको छ । उपमहानगरपालिकाले दिर्घकालिन काम भन्दा पनि तत्काल देखिने खालका धेरै काम गरेको पाइएको खुलालले बताउनुभयो । सबै क्षेत्रमा जस्तै हेटौंडामा पनि बढी टुक्रे योजनाहरु बढी भएको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*