हेटौंडाको कृषि निर्देशनालयको बजेट ६ करोड, खर्च गर्न चुनौती

हेटौंडा / प्रदेश नम्बर–३ कृषि बिकाश निर्देशनालय हेटौंडाको चालु आर्थिक बर्षका लागि कुल ६ करोड ५७ लाख ४४ हजार रुपैयाँको बिभीन्न कार्यक्रम गर्दै छ । प्रदेश ३ को भूमि ब्याबस्था, कृर्षि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि बिकाश निर्देशनालय हेटौंडाले चालु आर्थिक बर्षमा चालु र पुँजीगत खर्च गरी यो रकम खर्च गर्न लागेको हो । आर्थिक बर्ष २०७५–०७६ को द्धितीय चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठीका अबसरमा आज हेटौंडामा प्रस्तुतीकरण गर्दै निमित्त निर्देशक होमराज बिष्टले बताउनुभयो ।
निर्देशनालयको बार्षिक बजेट मध्यमा चालु खर्च तर्फ २ करोड २ लाख ६८ हजार रुपैयाँ रहेको छ । पुँजीगत खर्च भने ४ करोड ५४ लाख ७६ हजार रुपैयाँ रहेको उहाँले बताउनुभयो । तर यो रकम खर्च गर्नका लागि निर्देशनालय अन्तरगतका कार्यलयलाई हम्बे हम्बे परेको छ । काुननी जटिलता, समय अभाब लगायतका बिभीन्न समस्या परेको कर्मचारीहरुले बताएका छन् ।
निर्देशनालय अन्तरगत कृषि तालिम केन्द्र १, कृषि ज्ञान केन्द्र ७ वटा, प्रयोगसाला ३ वटा,फाम केन्द्र १० वटा गरी २१ वटा कार्यालय प्रदेशका बिभीन्न जिल्लामा रहेका छन् । २१ वटै कार्यालयबाट सहभागि भएकाहरुले चालु आर्थिक बर्षमा कार्यक्रम ढिलो गरी आएको बिभीन्न प्रकृयाबाट काम गर्न समस्या भएको जस्ता गुनासोहरु राखेका छन् । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका सदस्य स्याम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ को भूमि ब्याबस्था, कृर्षि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर योगेन्द्र कार्की लगायतकाको उपस्थिती रहेको थियो ।