बृद्धबृद्धाहरुलाई सहयोग जुट्दै
हेटौंडा / ४० औैैैै शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले ॐ बृद्धाश्रम हेटौंडा १ चौकिटोलमा खाधान्न तथा फलफूल बितरण तथा संगठनले तयार पारेको २०७६ सालको वार्षिक क्यालेण्डर लोकार्पण गरेको छ । बृद्द बृद्धा सबैको चासो र संरक्षणको विषय भएकोले यस्तो कार्यक्रम आयोजना गरि शिक्षक दीवस मनाईएको शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभएको हो । आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई सन्तुष्टि बनाउनु नैतिकताको पनि शिक्षा रहेको संगठनको ठहर रहेको सहभागीहरुले बताउनुभयो । संगठनले करिव ५ हजार ५ सय ५५ रुपैया बराबरको खाद्यान्न आश्रमलाई सहयोग गरेको हो ।
जिल्लाभरमा शैक्षिक एकरुपताका लागि प्रत्येक वर्ष जस्तै यसवर्ष पनि संगठनले प्रकाशन गरेको क्यलेण्डर पनि सोही अवसरमा लोकार्पण गरिएको हो । शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संगठन ३ नं प्रदेश सचिवालय सदस्य मोहन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संगठन सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा संगठनका प्रदेस, जिल्ला र स्थानीय तहका नेतृत्वहरु लक्ष्मी गजुरेल, जयप्रसाद पोखरेल, पिताम्पर वास्तोला, अकुर प्रसाद गौतम, मोहन न्यौपाने, मुकुन्द न्योैपाने, शिव प्रसाद लामिछाने, यदुदेव सिग्देल, माधव दाहाल, कृष्ण प्रसाद पौड्ल, डिवि बर्तौला, किशोर पराजुली, दीपक सुवेदी,लगायतकाको उपस्थिती रहेको थियो ।