संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री

जनपत्र
६ माघ २०७७, मंगलवार ०६:२०

गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा सोमबार सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले संविधानमा भएको व्यवस्थाअनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालिएको बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दलभित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिह्न पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे । नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*