जन्मदिनको अवसरमा निश्चल बस्नेतले गरे नयाँ फिल्मको घोषणाः भने, ‘यो वर्ष जिन्दाबाद निर्देशन गर्छु’
निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । उनले यसवर्ष जिन्दाबाद नामको फिल्मको निर्देशन गर्ने जानकारी दिएका छन् । शनिबार मध्य रातमा निश्चलले आफ्नो फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका हुन् ।
उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना पनि दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना ।’ अन्त्यमा उनले लेखेका छन्, ‘यो वर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’ उनको यो पोस्टमा थुप्रै प्रशंसकले उनको जन्मदिन र आगामी फिल्मका लागि शुभकामना दिएका छन् ।







