मकवानपुरमा तरकारीको बिचौलिया रोक्न नयाँ योजना
हेटौंडा / तरकारीमा बषौदेखि हुँदे आएको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि मकवानपुरको एउटा कम्पनि तयार भएको छ । किशान संग निकै सस्तोमा तरकारी लिने र महगो मुल्यमा बिक्री गर्ने बषौअघिदेखिको प्रचलनको अन्त्य गर्नका लागि मित्रसेवा कृषि फर्म प्रालिले किसानहरुको सहजताको लागि नयाँ योजना ल्याएको हो ।
मित्रसेवाले आफ्नो कृषि उपजको उत्पादन बढाउन तथा बजारिकरण गर्न चाहने किसानलाई सहयोग गर्ने उदेश्यले नयाँ योजना ल्याएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । फर्मका संचालक हरिशरण जिम्बाले किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम १४ देखि अधिकतम ४० प्रतिशत सम्म बजार मुल्य ताकेर लिने गरी सम्झौता गरिने जानकाकारी दिनुभएको छ । तर त्यसका लागि किसानले मित्रसेवा कृषि फर्ममा सेयर सदस्य बन्नुपर्ने उनले बताउनुभयो ।
सेयर सदस्य बन्न किसानले सुरुमा १ हजार रुपैया तिर्नु पर्नेछ भने त्यसपछि तीन तीन महिनामा ५ हजारका दरले शुल्क लाग्ने छ र किसानबाट लिइएको सेयर बापतको रकम प्रत्येक वर्ष सेयर लाभांसका रुपमा किसानलाई नै उपलब्ध गराइने पनि संचालन जिम्बाले बताउनुभयो । संचालक जिम्बाले किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरी आयस्तर बृद्धि गर्ने उदेश्यले यो काम थालनी गरिएको बताउनुभयो ।
किसानहरुको सहजताका लागि कृषि पाठशाला गठन गरिने, तालिम प्राप्त कृषि प्राविधिकहरुको टोलीले निरन्तर अनुगमन गर्ने तथा किसानलाई तालिम उपलब्ध गराइने जानकारी दिनुभयो ।
वैशाख ४ गतेबाट सुरु हुने यो योजना पालुङ, भिमफेदी, हेटौडाको १२, १३, १७ र १९ नम्बर वडा तथा बाग्मती र गढी गाउपालिकामा समेत संचालन गरिनेछ । मनहरी १ चकरीमा यसको कार्यालय रहने छ ।