प्राबिधिक शिक्षा अहिलेको आबस्यक्ता

जनपत्र
२८ चैत्र २०७५, बिहीबार १५:२०

हेटौंडा / मकवानपुर गढीमा रहेको वंशगोपाल माध्यमिक बिद्यालय प्राविधिक शिक्षालयको ३७ औ अभिभावक भेला भएको छ । विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राम प्रसाद पुडासैनीको सभाध्यक्षता तथा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष जित बहादुर घिमिरे, २ नम्बर वडा अध्यक्ष बखानसिंह पाख्रिन, विभिन्न संघ संस्था, छिमेकी विद्यालयका प्रधानध्यापक तथा अध्यक्ष लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

विद्यालयलाई प्राविधिकधार बनाउन सबैले आ—आफनो तर्पmबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । प्राबिधिक शिक्षा बिना अहिलेको शिक्षाले बेरोजगार मात्र उत्पादन गर्ने सहभागिहरुले बताएका छन् । अहिलेको सबैको आबस्यक्ता भनेको प्राबिधिक शिक्षा रहेको बताएका छन् । बिद्यालयका प्रधानाध्यापक लिलानाथ ढुंगेलले शैक्षिक र आर्थिक प्रतिबेदन र अध्यक्षले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*