विकास र समृद्धिको चाहना पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

जनपत्र
२९ पुष २०७७, बुधबार ०६:२२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरेका छन् ।

एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ ।

सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्ने बताए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*