‘मेराे लोकप्रियताको ग्राफ माइनसमा झरेछ कि प्लसमा गएछ, चुनावमा हेराैँ न !’
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई नागरिकबाट नै दण्डित गराउन चुनौती दिनुभएको छ ।आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरि चुनावमा जाने निर्णयको विरोध गर्नेहरूलाई चुनावमा गएर नागरिकबाबाट नै दण्डित गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले आफ्नो निर्णयमा चित्त नबुझ्नेहरूलाई ‘नागरिकबीच गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्न’ पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चुनावमा जाने भन्नेबित्तिकै खुट्टा किन कामेको रु चुनाव भन्नेबित्तिकै सातो किन गएको रु नागरिकको बीचमा जाने भन्नेबित्तिकै, ताजा जनादेश लिने भन्नेबित्तिकै रु अरू कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि रु नागरिकको शरणमा जाने भनेको । नेपाली नागरिकको अभिमत लिने भनेको । केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली नागरिकले दण्ड देलान् । नेपाली नागरिकको बीचमा गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्नुहोस् रु तपाईँहरू जानुहोस् । जो, जसलाई चित्त बुझेको छैन । तपाईँहरूलाई नागरिकले त्यही जवाफ दिएर पठाउनेछन् । ’
प्रधानमन्त्री ओलीले लोकतन्त्र र नागरिकको बलिदानीको रक्षा गर्नका लागि आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गैरजिम्मेवार भन्या के हो रु मैले बिलकुल जिम्मेवारीबोधका साथ नागरिकको बलिदानीको रक्षा गर्नुपर्छ, खेर केही पदलोलुप मान्छेहरूको आत्मकेन्द्रीत स्वार्थी क्रियाकलापहरूलाई हावी हुन दिएर देशमा लोकतन्त्रलाई सही मार्गबाट अन्यत्र जान दिनु हुँदैन भनेर नै प्रतिनिधि सभा विघटन गर्नुपरेको हो । गैरजिम्मेवार कसरी भयो रु के हो गैरजिम्मेवारबोध भनेको रु बिलकुल जिम्मेवारीका साथ कर्तव्यबोधका साथ यो काम गरिएको हो । ’
उहाँले प्रतिनिधि सभा विघटनसँगै आफ्नो लोकप्रियतामा कमी आएको टिप्पणी गर्ने गरिएको उल्लेख गर्दै त्यसको परीक्षण चुनावमा गएर गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘कतिपयले केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झरेछ । जिरोमा झरेछ कि, माइनसमा गएछ कि, प्लसमा गएछ । चुनावमा हेरौँ न अब । अब गफ फिट्ने दिने गए । अब गफ पिटेर हुँदैन, अब मैदान आउने ।’







