तीन नम्बर प्रदेश राजधानी हेटौडा नै हो ।

अधिवक्ता ध्रुब प्रसाद चौलागाई
२८ चैत्र २०७५, बिहीबार ०८:०१

अधिवक्ता ध्रुब प्रसाद चौलागाई,

संयोजक जन सरोकार केन्द्र, मकवानपुर

हामीहरुले बिगत डेड बर्ष देखि तीन नम्बर प्रदेश राजधानी हेटौंडा बनाउन शुरु गरिएको अभियानले सार्थकता पाई हेटौडामा प्रदेश मुकाम तोकिई काम भईरहेको छ । नेपालको संविधानको धारा २८८(२) बमोजिम प्रदेश नम्बर तीनको राजधानीका सम्बन्धमा प्रदेश सभाको दुईतिहाईले जहिले सुकै निर्णय गर्न सक्ने संबैधानिक व्यवस्था रहेकोले अहिले हेटौडामा रहेको राजधानीका सम्बन्धमा कुनै प्रश्न उठेमा यो अस्थिरताको बिजारोपन हुन जाने र संविधानको दुई तिहाईले राजधानी सार्ने व्यवस्थाको दुरुपयोग गरिएको हुन जाने समेत भएकोले दुई तिहाईले राजधानी सार्ने भन्ने हल्ला आउनु नै दुखद कुरा हो ।

दुई तिहाईले त जतिखेर पनि संविधान संशोधन गर्न सकिन्छ । जहासुकै भए पनि देशकै राजधानी सार्न सकिन्छ । दुई तिहाईले जे पनि गर्न सक्छ त्यसैले दुई तिहाईले गर्ने गरि प्रदेश राजधानीको मुकामको स्थायीत्व दिने भन्ने हल्लाको पछी लाग्नु भन्दा हेटौडा प्रदेश आजधानी नै हो भन्ने यथार्तलाई सबैले मनन गर्नु आवश्यक छ । अहीले तीन नम्बर प्रदेश राजधानी स्थायी नभएकोले प्रदेश राजधानीलाई छुट्याईएको बजेट खर्च गर्न पाईएन भन्ने सम्बन्धमा दुई तिहाईले प्रदेश राजधानी तोक्न सक्ने संवैधानिक व्यवस्थाले कुनै पनि स्थानको राजधानीको स्थायीत्व नहुने र दुई तिहाईले जहिलेसुकै पनि निर्णय गर्न सक्ने नै भएकोले अब सबै ठाउका राजधानी सधै सर्न सक्ने गरि नै रहने भए किनकी अहीले जसरी दुई तिहाईले एकिन गर्ने कुरा छ त्यो अवस्था भोली पनि रहन्छ त्यसैले अहीले प्रदेश राजधानीका लागी छुट्याईएको वजेट खर्च गर्न रोक्नु गलत हो भने हेटौडामा रहेको प्रदेश राजधानीको बिरुद्धमा केही गरिने हो की भन्ने शंका उत्पन्न भएकोले दुई तिहाईबाट मात्रै हेटौडाबाट राजधानी सार्न सकिने प्रावधानले नै हेटौडा स्थायी राजधानी नै हो भन्ने कुरा मनन गर्नु पर्ने संविधानको वाध्य्त्मक व्यवस्थालाई धैर्यताकासाथ बुझ्नु पनि आवश्यक छ ।

हेटौडा प्रदेश रजधानी हुनको लागि खाने पानी, ढल निकास, सडक सञ्जाल, राष्ट्रिय र अन्तराष्ट्रिय बिमान स्थाल, प्रसस्त भौतिक पुर्वाधार, राजधानीको लागि चाहिने १ प्रतिशत भिरालो जग्गा, अधिग्रण नै गर्नु नपर्ने हजारौ बिघा सार्वजनिक जग्गा, साथै मुख्य बजार अहिले प्रदेश ससंद भवन भएको स्थानमा नै ४ सय रोपनी भन्दा बढी खाली जग्गा जमिन एउटै कम्पाउण्डमा रहेको स्थान, जलवायु स्वच्छ र राम्रो वातावरण भएको स्थान, छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका बिरुद्धमा निगरानी गर्न सक्ने उपयुक्त स्थान, केन्द्रको राजधानीलाई सुरक्षीत बनाउन पहिलो घेराको रुपमा रहने उपयुक्त स्थान, सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुचहरु पुयाउन सकिने स्थान, केन्द्रिय राजधानिमा सबै कुराहरु पुर्याउने लाईफलाईन रहेको बिरगंजलाई सहज बनाउन सक्ने स्थान हेटौडा नै भएकोले हेटौडा प्रदेश राजधानिका लागि ९० प्रतिशत ठिक रहेको भन्ने यथार्तलाई सबैले मनन गर्नु आवश्यक छ । ३ नम्बर प्रदेश केन्द्रिय राजधानि भित्रै पर्दछ ।

तीन नम्बर प्रदेश प्रदेशका ११० सभासदमा काठमाडौबाट ३१ जना, ललितपुरबाट ११ जना, भक्तपुरबाट ८ जना गरि ५० जना उपत्यकाका ३ जिल्लाबाट सभासद ज्युहरु हुनुहुन्छ । त्यसै गरी काभ्रेबाट ५ जना, नुवाकोटबाट ६ र धादिङ्गबाट ५ जना सभासद ज्युहरु समेत काठमाडौमा भए सरह नजिक हुनुहुन्छ । त्यसैगरि अन्य जिल्लाका प्रायजसो सभासद ज्युहरुको घर वा कोठा पनि काठमाडौमा रहेको पाईन्छ । प्राय सबैको परिवार काठमाडौमा नै छ । बाल बच्चाको पढाई काठमाडौमा नै छ । सभासद हुनुभन्दा पहिले देखिको बन्द व्यापार काठमाडौमा छ । चाडपर्ब उठ बस बिहानको चिया गफ देखी राती सुत्नेबेला सम्मका सबै गतिबिधिहरु काठमाडौमा नै बर्षौ देखि भईरहेको छ । सबै पार्टीका केन्द्रिय कार्यालयहरु काठमाडौमा नै छन । केन्द्रिय नेताहरु काठमाडौमा नै बस्नु हुन्छ, पहिल्यै देखि सबै कुरा काठमाडौमा रहेकोले हेटौंडा अलि टाढा लाग्नु स्वभाविक पनि हो ।

हामी सबैमा रहेको केन्द्रिकृत मानसिकताले गर्दा हामीलाई संघियता कार्यान्वयनको तहमा पुग्दा सबै कुरा ठिक भए पनि हेटौंडा आधा एक घण्टा टाढा पो हुन्छ कि भन्ने आभाष हुनु स्वभाविक नै मान्नु पर्दछ तर बदलिदो राजनैतिक व्यवस्था र परिवेश संगै अधिकार केन्द्रिकृत भयो भनि बर्षौ देखि गरिएको आन्दोलनको भावनाको प्रतिनिधित्व हुनको लागि पनि ९० प्रतिशत ठिक तर १० प्रतिशत हेटौडा अलि टाढा भयो भन्ने कुरालाई मान्दा नै सम्भावित अस्थिरता र विवादको समाधान भई प्रदेश सरकारले विकाश निर्माणमा अग्रसर हुन पाउने अवस्था श्रृजना हुने पक्का नै छ । सवारी जाममा परेर एम्बुलेन्समा बिरामीको मृत्यु भईरहेको देशको राजधानी काठमाडौलाई थोरै भए पनि राहात दिन, उपत्यकाको धुलो धुवा र प्रदुशन नियन्त्रण गर्न थोरै भए पनि सहयोग गर्न, हेटौडालाई काठमाडौको बैकल्पीक शहरको रुपमा विकाश गर्न, केन्द्रिकृत अधिकार विकेन्द्रित भयो भनेर प्रमाणीत गर्न, अरबौ लगानी गरेर तयार भएका हेटौडाका भौतिक पुर्वाधारलाई उपयोगहिन वन्ननदिन, काठमाडौ उपत्यकाको सबैखाले चापहरुको न्युनीकरण गरी उपत्यकामा स्वास फेर्न सजिलो वनाउन सहयोग गर्न एक मात्र बिकल्प हेटौडा मात्रै रहेको र तीन नं प्रदेशको राजधानी पनि हेटौडा रहेकोले राजधानीका सम्बन्धमा रहेको अन्यौलता समाप्त गरि देश र जनताको हितमा निर्णय गरि यो अन्यौलता समाप्त गर्न सम्बन्धित सबैेमा हार्दिक अनुरोध गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*