म अपरेशनमा जान लागेपछि माधव नेपाल खुसी हुन्थे : ओली

जनपत्र
२६ पुष २०७७, आईतवार ०६:१७

प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गरेका छन् ।

माधव नेपालप्रति निकै आक्रोशित देखिएका ओलीले शनिबार काठमाडौंमा भएको कार्यक्रममा भने, “माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव, मैले छोडेपछि अध्यक्ष भएका हुन् । म अप्रेसन गर्न जान लागेपछि माधव नेपालको चेहरा उज्यालो हुन्थ्यो । मरिहाले अध्यक्ष हुन पाइन्थ्यो भनेर हो नि ।” उनले दुई दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री हुन पाएको भन्दै नेपालको आलोचना गरेका थिए । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*