मैदानममा बेहोस भएका फुटबलरको निधन

जनपत्र
२४ पुष २०७७, शुक्रबार ०६:४६

खेलको दौरान मैदानमै बेहोस् भएका एक फुटबलरको निधन भएको छ । पुर्चुगलको तेस्रो डिभिजन लिग अन्तर्गतको खेलका दौरान बेहोस भएका एलेक्स अपोलिनारियोको निधन भएको हो ।

२४ वर्षीय एलेक्स मैदानमा लडेपछि तत्काल अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि अस्पताल लगेको चार दिनपछि निधनको घोषणा भएको हो । ब्राजिलियन खेलाडी एलेक्स अट्याकिङ मिडफिल्डरको रुपमा चिनिदै आएका थिए ।

एलेक्स युनिया अल्मिरिमविरुद्धको खेलका क्रममा मैदानमै बेहोस भएका थिए । अस्पतालले एलेक्सलाई कार्डिक अरेस्ट भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*