अवरुद्ध अमेरिकी सिनेट र काँग्रेसको संयुक्त बैठक सुचारु, बाइडेनको जित प्रमाणित हुदै

जनपत्र
२३ पुष २०७७, बिहीबार ०७:३४

अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनापछि अवरुद्ध भएको अमेरिकी संसदको संयुक्त बैठक सुचारु भएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले संसद भवन क्यापिटल हिल्स भित्र पसेर हिंसा गरेपछि बैठक अवरुद्ध भएको थियो । अमेरिकी संसदले अमेरिकन राष्ट्रपति निर्वाचनको परिणामलाई प्रमाणित गर्दै छ । संसदमा इलेक्ट्रोल मतको अन्तिम पटक प्रमाणित गरेर जो बाइडेनलाई विजयी घोषणा गर्ने महत्वपूर्ण प्रक्रिया पुरा गर्दै छ ।

अवरुद्ध बैठकलाई सुचारु गर्दै उपराष्ट्रपति माइक पेन्सले हिंसाको भत्सर्ना गरेका थिए । पेन्सले हिँसाको जित नहुने भन्दै सधै स्वतन्त्रताको जित हुने बताए । बैठक चलिरहेकै बेला प्रदर्शनकारी संसद बैठक कक्षमा पसेका थिए । ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो ।

प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो । अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृत्यु भएको छ । सिनेट हल भित्र देखिएका प्रदर्शनकारीहरु हतियारसहित देखिएका थिए । यस अघि ट्रम्पले हजारौको र्याली गर्दै चुनाव रद्ध गर्नुपर्ने माग गरेका थिए ।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले यसलाई ुबिद्रोहु को संज्ञा दिदै लोकतन्त्रको प्रक्रियालाई गाडी दिनुपर्ने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई आगाडी बढेर यो घेराबन्दीलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले यसलाई राजद्रोहको संज्ञा दिदै आपत्ति जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै प्रदर्शन नगर्न आग्रह गरेपनि उनको भिडियोमा आफुले प्रदर्शन गर्ने सबैलाई माया गर्ने बताएका छन् । चुनाव आफुहरुसँग चोरिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरेका थिए ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक लिखित बयान जारी गर्दै आफुले निर्वाचनको परिणाम उल्टाउन नसक्ने स्पष्ट गरेका छन् । पेन्सले आफुलाई रिपब्लिकन सांसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबाट दबाब रहेपनि आफुमा मत परिणाम उल्टाउने र बाइडेनको जित रोक्ने अधिकार नभएको बताएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*