प्रदेश–३ सरकारले निजी क्षेत्रको लगानी भित्रयाउँदै

जनपत्र
२७ चैत्र २०७५, बुधबार १७:२४

हेटौंडा / प्रदेश नम्बर –३ सरकारले निजी क्षेत्रको लगानी भित्रयाउनका लागि अन्तरकृया कार्यक्रम गर्ने भएको छ । निजी क्षेत्रहरुसंगको अन्तरकृया गर्न लागिएको हो । प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रर्वद्धन गर्ने लगायतका उद्धेश्यले प्रदेश सरकारले आउँदो वैशाख ६ र ७ गते चितवनको भरतपुरमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु लगायत संग कार्यक्रम गर्न लागेको हो । प्रदेश नीति तथा योजना आयोगले आज हेटौंडामा पत्रकार समेलन गरेर यसबारेमा जानकारी गराएको हो ।

नेपालकै निजी क्षेत्र संग भएको रकम प्रदेश ३ मा लगानी गरेर काम गर्ने उदेस्यले लगानी समेलन गर्न लागिएको प्रदेश नीति तथा योजान आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले बताउनुभयो । कार्यक्रमको समुद्घघाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ वाट हुने कार्यक्रम रहेको छ । कार्यक्रममा ३ न प्रदेश सरकारका माननीय मुख्य मन्त्री, विभिन्न मन्त्रालयका मा.मन्त्रीज्यूहरु, सभाभुख, उपसभामुख, सभासदज्यूहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा देशका वरिष्ट अर्थ्विद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्शका अध्यक्षहरु लगायत विभिन्न जिल्लाका उद्योग ब्यवसायीहरु, निजी क्षेत्रका लगानीकर्ताहरु समेत गरी करिव १ सय ५० जनाको उपस्थित रहने अनुमान गरिएको देबकोटाले बताउनुभयो ।

प्रदेशको सवै भूगोलमा गई सवै वर्ग र क्षेत्रको सुझावका आधारमा सहभागितामूलक विधीबाट पहिलो आवधिक योजनाको आधारपत्र समेत तयार गर्ने कामको नेतृत्व आयोगले गरेको छ । ’स्वास्थ्य, सुसंस्कृत र सुखी जनतास समाजवाद उन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच’ आधारपत्रले लिएको छ । यस आधारपत्रले प्रदेश विकासका सम्वाहकका रुपमा गुणस्तरीय पुर्वाधार,उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने ध्येय राखेको छ ।

यसै गरी आधरपत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रति व्यक्ति आय रु चार लाख पाँच हजार पुग्ने लक्ष्य लिएको छ । योजना अवधिका लागि कुल स्थिर लगानी रु ३२ खर्व ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । उक्त लगानीमध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान छ । प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रर्वद्धन गर्ने लगायतका उद्धेश्यले प्रदेश सरकारले यहि मिति २०७६ वैशाख ६ र ७ गते चितवनको भरतपुरमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु लगायत संग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*