‘वाईसीएल र युथ फोर्स होइन टोलटोलमा साइबर सेना बनाउनुपर्छ’

जनपत्र
२२ पुष २०७७, बुधबार ०६:४६

पाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बस्नेतले प्रचण्डलाई २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको चुनावमा सिराहामा लीलानाथ श्रेष्ठले जितेको सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको बताउँदै २०७४ सालमा सम्पन्न पालिका चुनावमा चितवनमा आफ्नी छोरी रेणु दाहाललाई मतपत्र च्यातेर चुनाव जिताएको आरोप लगाउनुभयो । त्यसैले उहाँले भन्नुभयो– ‘प्रचण्डले छातीमा सूर्य चिह्न टाँसेर हिँड्नु त्यो नक्कली माया मात्रै हो ।’ प्रचण्ड कहिले रोल्पाबाट, कहिले सिराहा र कहिले चितवनबाट चुनावमा लड्ने गरेको आरोप लगाउँदै नेता बस्नेतले आगामी चुनावमा प्रचण्ड कहाँबाट उठ्ने हो भन्ने ठेगान नभएको बताउनुभयो ।
उहाँले चितवनको चुनावमा प्रचण्डले नेपाली कांग्रेसलाई त्यहाँको निर्वाचन क्षेत्रमा विक्रम पाण्डेलाई नउठाइदिनसमेत आग्रह गरेको आरोप लगाउनुभयो । नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालय कब्जा, बैंक खाता रोक्का गर्ने जस्ता कार्य नगर्न प्रचण्ड आग्रह गर्दै त्यस्तो गरेमा सह्य नहुने चेतावनी दिनुभयो ।

पूर्वमन्त्री तथा राष्ट्रिय युवा सङ्घका इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले अहिले नेकपामा जति पनि पार्टीका कमिटीहरु गठन भएका छन्, जति पनि सदस्यहरु मनोनित भएका छन्, ती सबै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा भएकाले आधिकारिक भएको बताउनुभयो । उहाँले आगामी चुनावका लागि केपी ओली नेतृत्वको नेकपाले सूर्य चिह्न पाउनेमा कुनै विवाद नभएको तर्क गर्नुभयो । उहाँले अहिले नेकपा विभाजित भएर प्रचण्ड–नेपाल पक्षमा लागेका नेता, कार्यकर्ताहरु फेरि केपी ओलीको पार्टीमै फर्किने दाबी गर्नुभयो ।

नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव संसदीय दलको बैठकमा दर्ता गर्नुपर्नेमा प्रचण्ड–नेपाल पक्षले संसदीय सचिवालयमा दर्ता गरेपछि नेकपा आधिकारिक रुपमा विभाजित भएको बताउनुभयो । केपी ओलीले सरकार गठन गर्दा दुई महिनासम्म अल्झाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘त्यो लोकतान्त्रिक हुने अनि बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनावको घोषणा गर्नु कसरी अलोकतान्त्रिक हुन्छ रु’ भन्दै प्रश्न गर्नुभयो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ योजनाको परिकल्पनाकार केपी ओली भएको बताउँदै नेता बस्नेतले अहिलेको सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त बनाएको बताउनुभयो । उहाँले आजको भू–राजनीतिमा चीन र भारतलाई गाली गर्ने नभइ अन्तर्राष्ट्रियस्तरमा नेपालको सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेता बस्नेतले अब वाईसीएल र युथ फोर्स बनाउने नभइ टोलटोलमा साइबर सेना बनाउनुपर्ने बताउनुभयो । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*