बिद्यालयमा लागि बिबिध सामाग्री बितरण

जनपत्र
२७ चैत्र २०७५, बुधबार १७:१८

हेटोंडा / हेटोंडा १० मा संचालनमा रहेको संस्कृत बेद बिद्यासम बिद्यालयमा आवासिय रुपमा अध्ययनरत बिदार्थीहरुका लागि सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि बिभीन्न आबस्यक सामाग्रि बितरण गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले तन्दा ११ थान, ब्लाङकेट १० थान, झुल ७ थान, सिलीङ फाईन ३ थान र तौलिया ६ थान बितरण गर्नुभएको हो ।
यस अघि बिद्यालयको अनुगमनको क्रममा निकै समस्याका बिचमा दुई दर्जन बालबालिकाहरु संस्कृत अध्ययन गरिरहेको देखेपछी सहयोग गरिएको मेयर महतले बताउनुभयो । मकवानपुर सहित बिभीन्न जिल्लाबाट आएका बालबालिकाहरु यस बिद्यालयमा संस्कृत पढ्दै आएका छन् । झुलको अभाबमा लामखुट्टेले टोक्ने समस्या, खाटमा तन्दाको समस्या, फाईन नहुँदा गर्मीको मार खेप्दै आएकाले आबस्यक सामाग्रि हस्तान्तरण गरिएको मेयर महतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*