आफ्ना सेनालाई चीनका राष्ट्रपति सीको निर्देशन : युद्धका लागि तयार रहनू

जनपत्र
२२ पुष २०७७, बुधबार ०६:१७

चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन्। भारतसँग टक्कर परिररहेकै बेला उनले चिनियाँ सेना युद्धका लागि तम्तयार रहेको जानकारी दिएका हुन्।

राष्ट्रपति सीले आफ्नो सेनालाई सैनिक अभ्यास गर्न निर्देशनसमेत दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। यस्तै सीले सेनालाई जसरी पनि युद्ध जित्ने तरिकाले तालिम गर्न पनि निर्देशन छन्।

गत जुन १५ मा भारतसँगको सीमाना लद्दाखमा भारतीय सेना र चिनियाँ सेना झडप भएको थियो। त्यस क्रममा भारततर्फ २० सैनिकको मृत्यु भएको थियो भने चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन। त्यसयता पनि दुई देशका सैनिकबीच बेलाबेला झगडा भइरहेको छ। शान्ति स्थापनाका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीच सीमामा भारत(चीन दुवैले सैन्य शक्ति बढाई आफूलाई युद्धका लागि तम्तयार बनाएका खबर आइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*