हेटौंडाको गोष्ठी– उद्योग, बाणिज्य र उपभोक्ता हितमा एक अर्बको बजेट

हेटौंडा / प्रदेश नम्बर– ३ सरकार अन्तरगतको उद्योग, बाणिज्य र आपुर्ति क्षेत्र अन्तरगतको क्षेत्रमा आगामी आर्थिक बर्षका लागि एक अर्ब रुपैयाँ हाराहारीको बजेट बनाउने तयारी गरेको छ । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय हेटौंडाले आर्थिक बर्ष २०७६–७७ का लागि एक अरब रुपैयाँ बराबरको बजेट बनाउने तयारी गरेको मन्त्रालयका अधिकृत नबराज पुणासैनीले जानकारी दिनुभयो ।
आगामी आर्थिक बर्षका लागि प्रदेश स्तरको कार्यक्रम तय गर्नका लागि दुईदिन सम्म हेटौंडामा चलेको बैठकले यस प्रदेशका १३ वटा जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय, ७ वटा घरेलु तथा साना उद्योग समिति, चितवनको औद्योगिक ब्याबसाय बिकाश प्रतिष्ठान लगायतका १४ वटा कार्यालयका प्रमुहरु सहितको गोष्ठीले आगामी बर्षमा गर्ने कामको बिबरण समेत बुझाएको मन्त्रालयका सचिब शिब वाग्लेले बताउनुभयो ।
बजेटको सिलीङ तयार गरेर सबै कार्यालयका प्रमुखहरुले मन्त्रालयमा बुझाउने र त्यसपछी कार्यनयन गरिने भएको उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निमित्त निर्देशक केशब पुणासैनीले बताउनुभयो । दुईदिन सम्मको कार्यक्रममा सबै कार्यालय प्रमुखले चालु आर्थिक बर्षमा गरेका कामको बिबरण र आगामी आर्थिक बर्षमा गरिने कामको बारेमा जानकारी गराएका थिए ।