वन निर्देशनालय हेटौंडाले नीति तथा कार्यक्रम बनाउँदै

जनपत्र
२७ चैत्र २०७५, बुधबार १६:३३

हेटोंडा / आगामी आर्थिक बर्षका लागि प्रदेश– ३ को वन निर्देशनालय हेटौंडाले आफ्ना नीति तथा कार्यक्रम बनाउँदै छ । प्रदेश ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालय अन्तरगतको वन निर्देशनालय हेटौंडाले प्रदेश स्तरिय वन तथा वातावरण क्षेत्रको नीति तर्जुमा तथा आगामी आर्थिक बर्ष २०७६।०७७ को योजना तर्जुमाका सम्बन्धमा तीन दिने गोष्ठी हेटौंडामा सुरु गरेको हो ।

कार्यक्रमबाट आगामी आर्थिक बर्षका लागि गरिने कामको सबै खाका तयार पारिने मन्त्रालयका सचिब शिब वाग्लेले बताउनुभयो । प्रदेश नम्बर– ३ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ भरीका डिभीजन वन कार्यालयका प्रमुख, लेखा साखा र योजना साखाका कर्मचारीहरुको सहभागिता रहेको छ । गोष्ठी चैत २९ गते सम्म संचालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*