कम्युनिष्ट सरकार भ्रष्टाचारमा तल्लीन भयो –समिति सभापति आले

जनपत्र
२७ चैत्र २०७५, बुधबार १६:२६

हेटौंडा /  प्रदेश नम्बर– ३ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले मगरले कम्युनिष्ट सरकारले शिष्टमेटिक ढंगले भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ । उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको आयोजनामा उद्योग, बाणिज्य र आपूर्ति क्षेत्रका सम्बन्धमा प्रदेश स्तरको दुईदिनको गोष्ठीको समापनमा बोल्दै उहाँले कम्युनिष्टले भ्रष्टार गर्दैनन् भन्ने लागेको भएपनि अहिले सबै शिष्टम मिलाएर भ्रष्टाचार गर्न तल्लिन भएको बतााउनुभयो ।

सबै कर्मचारीहरुले आफ्नो क्षमता काममा देखाउनुपर्ने बताउँदे उहाँले यो क्षमता भ्रष्टाचारमा खर्च नगर्न पनि आग्रह गर्नुभयो । अब सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न लाग्नुपर्ने बताउनुभयो । कर्मचारीले चाहेमा भ्रष्टाचारको अन्त्य गर्न सक्ने उहाँले बताउनुभयो । सबै मिलेर पारदर्सीताका साथ यस अघि बिभीन्न तालिम लिएकाहरुलाई उद्यमी बनाउन लाग्नुपर्ने प्रदेश सभाका सदस्य समेत रहनुभएका आलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*