अदालतले जुँगा र जेल लगाएको कपाल हेरेरै चिन्छ, सूर्य हाम्रै हुन्छ : ओली

जनपत्र
१९ पुष २०७७, आईतवार ०६:११

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अदालत चार्ली च्याप्लिनको खेलजस्तो नभएको भन्दै को असली हो भन्ने चिन्न सक्ने बताएका छन् । “अदालतले जुँगा हेरेर चिन्छ, कुम हल्लाएकोबाटै को हो भन्ने चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ । चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन । सूर्य चिह्न हामीसँग हुन्छ । पार्टी हाम्रो हो,” ओलीले भने । ओलीले प्रचण्ड–नेपालसँग बहुमत कहाँ छ रु भन्दै प्रश्न गरे ।

“उहाँहरुले बहुमत छ भन्नुहुन्छ । गफै त हो सम्धी १ कुन महाधिवेशनले भन्यो रु उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त १ दाबी पनि कस्तो रु ,” ओलीको प्रश्न थियो, “रेस्लिङमा पहिले पनि देखिन्छ । खेल्न कहिले हो कहिले लगाउने पहिले नै खोलेर लिन खोज्छ । रिङमा पुगेर मुक्का खाएपछि थाहा पाउँछ । हाम्रा कमरेडहरुले पनि पहिले नै माला लगाउन खोज्ने रु कुन कार्यकर्ताले दियो बहुमत रु तपाईंहरुले भोट हाल्नुहुन्छ रु घरमा भनेको बहुमत भनेर रु”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*