ड्रिम्स म्युजिकको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

जनपत्र
१९ पुष २०७७, आईतवार ०५:५८

हेटौंडा/ड्रिम्स म्युजिक स्कुलको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा १० मेनरोडमा २०७४ सालमा बिधिवत रुपमा स्थापना भएको ड्रिम्स म्युजिक स्कुलले शनिबार अविभावकहरुसंग छलफल तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
हेटौंडामा धेरै संगीत सिक्ने ठाउँ खोले पनि स्थायी रुपमा संचालन हुन नसकेको अवस्थामा ड्रिम्स म्युजिक स्कुललाई लामो समयसम्म टिकाउन र अझ व्यवस्थित गर्न बिभिन्न निकायका प्रतिनिधी र अभिभावकहरुको उपस्थितीमा कार्यक्रम संचालन भएको थियो ।
ड्रिम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालको सभाध्यक्ष र जिल्ला समन्वय मकवानपुरको प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा सिविन बाल हेल्पलाईनका झपेन्द्र ज्ञवाली, कृषी बिकास बैंक हेटौंडा शाखा प्रमुख नुर गौतम, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*