देशलाई अघि बढाउन अझै दश वर्ष केपी ओलीको नेतृत्वको खाँचो छः महेश बस्नेत

जनपत्र
१७ पुष २०७७, शुक्रबार ०६:५३

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी र चुनाव चिन्ह सूर्य आफूहरुको भएको दावी गरेका छन्। दाङको घोराहीमा ओली पक्षिय राष्ट्रिय युवा संघले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेकपा भनेको एमालेको विकसित रुप रहेको र आफूहरुको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद रहेको बताएका हुन्।

‘पार्टी र चुनाव चिन्ह सूर्य हाम्रो हो,’ उनले भने, ‘बाघको आर्जनमा स्यालले शासन गर्न सक्दैन, पाउँदैन।’ उनले केपी ओली नेकपाको संस्थापन पक्ष रहेको जिकिर गरे। पूर्व एमालेको सम्पत्ति र कार्यालयहरु आफूहरुको भएको हुँदा त्यसमा दावी नगर्न चेतावनी दिए। उनले नेपाललाई सम्वृद्धिको यात्रामा अघि बढाउन केपी ओलीले अझै १० वर्ष प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गर्नुपर्ने बताए। ‘उहाँले आफै घोषणा गर्नुभएको थियो, अबको नेतृत्व युवा पुस्ताले गर्नुपर्छ। तर, मुलुकको आवश्यकता अझै केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ,’ उनले भने, ‘देशभरीका युवाले भनिरहेका छन्, आजलाई होइन भोलिलाई, दश वर्ष केपी ओलीलाई। अझै यो मुलुकलाई अघि बढाउन ओलीको नेतृत्वको खाँचो छ।’

आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न र निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई व्यापक बनाउन बस्नेतले कार्यकर्तालाई निर्देशन दिए कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रेवतीरमण शर्माले गम्भीर परिस्थितिको सामाना गर्ने जिम्मेवारी यूवा र पार्टी कार्यर्कताको काँधमा आएको बताए। उनले भने, ‘अहिलेको परिस्थितिबाट पार लगाउने जिम्मा युवा र कार्यकर्ताकै हो। जिम्मेवार भूमिकाको खाँचो छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*