कांग्रेस निर्वाचनमा जान तयार हुनुपर्छः सहमहामन्त्री थापा

जनपत्र
१७ पुष २०७७, शुक्रबार ०६:५०

नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाले सर्वोच्च अदालतले निर्वाचनका लागि फैसला गरेको खण्डमा सोही अनुरुप पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बिहीबार धनकुटामा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा सहमहामन्त्री थापाले सर्वोच्च अदालतको फैसला निर्वाचनका लागि आएको खण्डमा निर्वाचनमा जान पछाडि नहट्ने बताएका हुन्।

कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा रहेको बताउँदै थापाले अदालतले संसद पुनःस्थापना नगरेको अवस्थामा पार्टी निर्वाचनमा जान तयार रहेको स्पष्ट पारेका हुन्। प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतालाई बढावा दिँदै संविधानकै हत्या गरेको उनले आरोप लगाएका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार भ्रष्टाचार रोक्न असफल भएको भन्दै उनले नेकपाकै कारण मुलुकमा अस्थिरता कायम भएको आरोप लगाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*