ट्रम्पका कारण अमेरिकी सुरक्षा एजेन्सीहरुलाई धेरै ठूलो क्षति पुगेको बाइडेनको आरोप

जनपत्र
१७ पुष २०७७, शुक्रबार ०६:३५

अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण मानिएका एजेन्सीहरुले ट्रम्प प्रशासनका कारण धेरै ठूलो क्षतिको सामना गर्नुपरेको बाइडेनले आरोप लगाएका छन् । बाइडेनका अनुसार अहिले उनको टोलीले प्रतिरक्षा विभागबाट आवश्यक जानकारीहरु प्राप्त गर्न सकिरहेका छैनन् जसले शक्ति स्थानान्तरण कठिन बनाइरहेको छ ।

बाइडेनले आगामी जनवरी २० देखि राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नेछन् तर ट्रम्पले अझैपनि नोभेम्बरको चुनावमा आफ्नो हार स्वीकार गरेका छैनन् । यस्तोमा हप्तौँदेखि बाइडेनलाई खुफीया बैठक र सामान्य अवस्थामा प्रधानमन्त्री पद हस्तान्तरण प्रक्रियामा आवश्यक पर्ने जानकारीहरु प्राप्त गर्न अवरोध पुगिरहेको गुनासो उनीहरुको छ ।

उनको सो भनाइको प्रतिक्रियामा प्रतिरक्षा सचिव क्रिस्टोफर मिलरले सबै अधिकारीहरु पद हस्तान्तरणलाई समर्थन गर्न प्रोफेसनल भएर लागिरहेको बताएका हुन् । पेन्टागनका प्रवक्ताले पनि उनीहरु बाइडेनको टिमसँग पूर्ण पारदर्शी रहेको दाबी गरेको छन् । अर्कोतर्फ बाइडेनले चाहिँ आफूहरुलाई महत्वपूर्ण जानकारीबाट किनारा लगाइने प्रयास भएको भन्दै यसलाई गैरजिम्मेवारी ठहर गरेका हुन् । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*