प्रदेश–३ को प्रेश रजिष्टारमा रेवती सापकोटा नियुक्त

जनपत्र
२७ चैत्र २०७५, बुधबार ११:०४

हेटौंडा /  प्रदेश नम्बर–३ को आजको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगतको प्रेश रजिष्टारको नियुक्ति गरेको छ । यस प्रदेश अन्तरगतका सबै खाले मिडियालाई हेर्ने गरी प्रेश रजिष्टार नियुक्त गरिएको हो । यस प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले यो निणय गरिएको हो ।

प्रदेश ३ को प्रेश रजिष्टारमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी गाउँपालिका वडा नम्बर ४ बस्ने पत्रकार रेवती सापकोटालाई नियुत्त गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले बताउनुभयो । बिगत २० बर्ष अगाढी देखि पत्रकारिता पेसामा आबद्ध रहनुभएका सापकोटालाई आजको मन्त्री परिषदको बैठकले प्रेश रजिष्टारमा नियुक्त गर्ने निणय गरेको हो ।

स्नातक तह पत्रकारिता तथा स्नाकोत्तर तह भने राजनिति सास्त्र अध्ययन गर्नुभएका सापकोटा प्रेश रजिष्टारको रुपमा नियुक्त हुनु भएको जमरकटेलले जानकारी दिनुभयो । संघिय सरकार मातहतको सूचना तथा संचार प्रबिधि मन्त्रालय मातहतको प्रेश काउन्सिल जस्तैगरी प्रदेश ३ मा प्रेश रजिष्टारको कार्यालय रहने छ । यो कार्यालय भने प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत संचालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*