महिला र बाल स्वास्थ्य प्रबर्दनका लागि अनुदान स्वीकृत

जनपत्र
२७ चैत्र २०७५, बुधबार १०:५३

हेटौंडा /  प्रदेश नम्बर– ३ को मन्त्री परिषदको बैठकले आज पाँच वटा निणय गरेको छ । प्रदेश सरकारको बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबर्दनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यबिधि २०७५ स्वीकृत गरेको छ । यसैगरी आजको मन्त्रीपरिषदको बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यनयन सम्बन्धी कार्यबिधि २०७५ स्वीकृत गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रबक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

बारा र पर्षामा हावाहुरीका कारण पिडीत परिवारलाई यसअघिको मन्त्री परिषद बैठकले गरेको निणय अनुसार नगद स्वरुप प्रदेश २ सरकारको खातामा एक करोड रुपैयाँ दिने निणय गरेको छ । यसैगरी नेपाल भ्रमण बर्ष २०२० प्रबर्दन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि स्वीकृत गरेको छ । प्रदेश जलचर संरक्षण सम्बन्धमा ब्याबस्था गर्न बनेको बिधयक पनि प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्वीकृत गरेको ढुंगेलले बताउनुभयो । प्रदेश –३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो । आजको मन्त्रीपरिषदको बैठकले प्रदेश रजिष्टारको नियुक्ति समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*