मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सदस्यलाई स्पष्टीकरण

जनपत्र
१४ पुष २०७७, मंगलवार ०६:३०

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रदेश नं १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसहितको पत्र पठाएका हुन ।

संसदीय दललाई जानकारी गराउनुभन्दा पहिले नै प्रदेश सभा सचिवालयमा ३७ सदस्यले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएकाले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेस गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*