चिनियाँ कम्युनिस्ट पार्टीकाे प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई भेट्याे

जनपत्र
१३ पुष २०७७, सोमबार ०६:१०

चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा समसामयिक राजनीतिक​ लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइए पनि समय अभावका कारण भोलि भेटघाट हुने बताइएको छ । टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । तर यसबारे परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी दिएको छैन ।

बेइजिङबाट छङ्तुको बाटो हुँदै टोली दिउँसो सवा एक बजे काठमाण्डौ आइपुगेका हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ उच्च तहका नेताको नेतृत्वमा आएको टोलीले चीनका राष्ट्रपति सी जिनपिङको सन्देश प्रवाह गर्ने बुझिएको छ ।

यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधि सभा भङ्ग भएसँगै नेपालमा गहिरिएको राजनीतिक सङ्कटबारे चीनले चासोका साथ हेरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*