भिमफेदीमा लैगिंक बजेट सम्बन्धी अन्र्तक्रिया

भिमफेदी / मकवानपुरको स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरु संग लैगिंक बजेट तथा योजना सम्बन्धी अन्र्तक्रिया कार्यक्रम मंगलबार भिमफेदीमा सम्पन्न भएको छ । फाउन्डेसन अफ ओपन सोसाइटी इन्स्च्ट्यिुटको साझेदारी तथा नारी सीप सृजना केन्द्रको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय तहका योजना तर्जुमाका आधारहरु, वार्षिक विकास योजना तर्जुमा गर्दां ध्यान दिनुपर्ने विषयहरु एंव स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयहरु लगायतका विषयवस्तु माथि छलफल गरिएको थियो । लैंगिक उत्तरदायी बजेट योजना विधि तथा प्रक्रियाका विषयमा कार्यक्रमका सहभागीहरु संग अन्र्तक्रियात्मक छलफल गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास माहाशाखा प्रमुख भीम प्रसाद तिमल्सिनाले सहजीकरण गर्नु भएको कार्यक्रममा भिमफदेी गाउँपालिकाका जननिर्वाचित प्रतिनिधिहरु एंव भिमफेदी गाउापालिका स्तरिय अन्तर पार्टी महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम नारी सीप सृजना केन्द्रका अध्यक्ष उमा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।