निर्वाचनमा द्विविधा नराखी जनतामाझ जान प्रधानमन्त्रीको निर्देशन

जनपत्र
१० पुष २०७७, शुक्रबार ०७:२८

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबारे कुनै द्विविधा नराखी दृढ विश्वास र साहससाथ जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिएका छन् । केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भने, “यो प्रणालीको रक्षा गर्ने हामी छौंँ । अब एक–दुई चुनाव लडेर राम्रा काम गरेपछि हाम्रा सन्ततिले सुख पाउनेछन् । हामीले हार्‍यौँ भने देशले हार्छ, त्यसैले तपाईंहरू दृढ साहस लिएर जनतामा जानुस् ।”

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित केन्द्रीय कमिटी बैठकमा उनले सरकारले गरेका राम्रा कामका पक्षमा कहिल्यै पनि नेताहरूले नबोलेको चर्चा गरे। उनले भने, “सरकारको पक्षमा कहिल्यै बोलेनन्, राष्ट्रको पक्षमा बोलेनन् । भूमिसहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाइयो ।” उनले नेकपाको अध्यक्षबाट आफूलाई हटाउने कुरा तमासा मात्र भएको बताए । उनले भने, “पहिले प्रस्ताव अरे, अहिले त अध्यक्षमाथि स्पष्टीकरण अरे । यो कुन तमासा हो रु”

‘प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ’
नेकपाको आन्तरिक कलहमा केही समय तटस्थ रहनुभएका गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा अध्यक्ष ओली पक्षमा उभिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुभएका थापाले कम्युनिस्ट आन्दोलनको एकता एवं मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहेका नेतृत्वलाई साथ लिन उभिएको बताए ।

नेकपा केन्द्रीय सदस्य सूर्य थापाले दिनुभएको जानकारी अनुसार बैठकमा थापाले स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि प्रतिनिधि सभाको विघटन भएको स्पष्ट पारे । उनले भने, “नेकपाबाट एउटा गुट अलग भएको छ । प्रतिक्रियावादीहरूले यसमा खुसी र उत्सव मनाइरहेका छन् । जनता दुःखित भएका छन् ।” उनले निर्वाचनमार्फत फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने चर्चा गर्नुहुँदै भने, “पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अगाडि बढाउनेछ ।” उनले प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढङ्गले नेतृत्व गर्ने दृढतासमेत व्यक्त गरे। गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*