कैटरिनासँग फेरि सलमान

जनपत्र
१० पुष २०७७, शुक्रबार ०७:२४

बलिउड सुपरस्टार सलमान खान र कैटरिना कैफको जोडीले अहिलेसम्म एकसाथ धेरै हिट फिल्म दिएको छ। यो जोडीलाई दर्शकले निकै मन पराएका छन्। यो जोडी एक पटक फेरि दर्शकमाझ आउने भएको छ। खबरअनुसार सलमान र कैटरिना छिट्टै आफ्नो हिट फ्रेन्चाइजी ‘टाइगर’मा देखिनेछन्।

सलमान र कैटरिनाले सन् २०२१ को मार्चमा ‘टाइगर–३’को सुटिङ सुरु गर्नेछन्। टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म तीन सेड्युलमा सुरु हुने बताइएको छ। फिल्मको पहिलो सेड्युल मुम्बईमै हुनेछ। यो समय सलमान बिग बोस १४ मा व्यस्त छन् भने कैटरिना ‘फोन भूत’को सुटिङ गरिरहेकी छन्। आफ्ना यी प्रोजेक्ट सकिएपछि उनीहरू ‘टाइगर–३’को सुटिङमा व्यस्त हुनेछन्। मुम्बईको सेड्युल सकिएपछि युनिट मध्यपूर्वतर्फ लाग्नेछ।

तेस्रो र अन्तिम सेड्युल फेरि मुम्बईमा हुने बताइएको छ। अहिलेसम्म यो फिल्ममा भिलेनको भूमिका निर्वाह गर्ने कलाकारको नाम सार्वजनिक गरिएको छैन। ‘टाइगर–३’को निर्देशन मनीष शर्माले गर्दै छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*