टी–टेन लिगमा तीन नेपाली

संयुक्त अरब इमिरेट्स ‘यूएई’ को अबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने टी–टेन लिगमा नेपालका तीन खेलाडी खेल्ने भएका छन्। बुधबार राति भएको खेलाडी ड्राफ्टमा नेपालका सोमपाल कामी, करण केसी र कुशल मल्लले मौका पाएका छन्।
सोमपालाई मराठा अरेवियन्सले, अलराउन्डर करणलाई पुणे डेभिल्स र कुशल मल्ललाई अबुधाबीले अनुबन्ध गरेको छ। करण र कुशलले पहिलो पटक विदेशी लिग खेल्ने मौका पाएका हुन्। सोमपालको टोलीमा सोएव मल्लिक, मोहमद हफिज, लाउरिए इभान्स, मोसादक हुसेन, तस्किन अहमद, प्रविन ताम्बे, ईशान मलहोत्रा, मुख्तर अली, अमजाद गुल, अब्दुल साकुर, मारुफ मार्चेन्ट र सेद शाह छन्।
अलराउन्डर करणको पुणेमा थिसरा परेरा, मोहमद आमिर, हार्दुस भिलजोन, साम विलिङ्स, चमरा कापुगेडेरा, अजन्था मेन्डिस, डेमोन थोमस, डर्विस रोसुली, नासिर होसैन, केन्नर लेविस, असिफ खान, मोहम्मद बुता, दिनेश कुमार, भ्रित्या अरविन्द र मुनिस अन्सारी छन्। युवा खेलाडी कुशलको टोली क्रिस गेल, क्रिस मोरिस, लुके राइट, नबिन उल हक, उस्मान सिनवारी, ओबेड मोकोए, हेडेन वालेस, नाजिबुल्लाह जर्दान छन् ।