बलिवुडका महानायक अमिताभलाई लाग्यो कविता चोरी गरेको आरोप
बलिवुडका महानायक अमिताभ बच्चनलाई कविता चोरी गरेको आरोप लागेको छ । व्यस्त दिनचर्याका बावजुत सामाजिक संजालमा सक्रिय हुने अमिताभले हरेक दिन जसो पोष्ट गरिरहेका हुन्छन ।
अमिताभले गत बुधबार सामाजिक संजालमा पोष्ट गरेको चिया बारेको कविता विवादमा परेको छ । अमिताभले कविता पोष्ट गरेपछि एक महिला टीशा अग्रवाल नाम गरेकी कवयित्रीले सो कविता आफ्नो भएको दाबि गरेकी छन् । अमिताभले पोष्ट गरेको कवितामा कमेन्ट गर्दै टीशाले भनेकी कविताको श्रेय आफुले पाउनु पर्ने बताएकी छन् । उनले भनेकी छन् ( ुजब अमिताभ बच्चनले तपाइको पोष्ट कपि गर्छन र क्रेडिट पनि दिदैन भने अब खुशी हुने की रुने रुु
टीशाले सो कविता गत अप्रिल २४ मा आफ्नो फेसबुकमा पोष्ट गरेको बताएकी छन् । फेसबुकमा निरन्तर कविता पोष्ट गर्ने टीशाले अमिताभले आफ्नो कविता क्रेडिट नदिएर पोष्ट गरेको बताएपछि विवाद अगाडी आएको हो । अमिताभले बहने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।







