बादलले प्रचण्डलाई छाड्ने, ओलीसँगै बस्ने !

जनपत्र
९ पुष २०७७, बिहीबार ०६:१६

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने भएका छन् । उनी केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी बुधबार ओलीसँग दुईघण्टा छलफलमा बसेका थिए । बादल निकट स्रोतले दिएको जानकारीअनुसार ओलीसँगको छलफलपछि सँगै रहन उनी तयार भएका हुन् । तर दुई नेताबीच के विषयमा कुराकानी भयो र के सहमति भयो भन्नेबारेमा भने केही खुलाइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*