शैक्षिक गुणस्तर बृद्धी गर्न अभिभाबकको आग्रह

शारदा माबिको २१ औ भेला
२६ चैत्र २०७५, मंगलवार १६:२८

हेटौंडा / गाउँका सरकारी बिद्यालयको शैक्षिक गुणस्तर कम भएकाले यसमा बृद्धी गर्नका लागि अभिभाबकहरुले आग्रह गरेका छन् । मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ धादिङमा रहेको शारदा माध्यामिक विद्यालयको २१ औ वार्षिक अभिभावक भेलाका अबसरमा अभिभाबकहरुले यस्तो आग्रह गरेका हुन् । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा भएको भेलामा मकवानपुर गढी गाउँपालिका सामाजिक विकास संयोजक एवम् वडा नं ५ का अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षासेवी पूरण बहादुर जोशीको विशेष आतिथ्यता रहेको थियो ।

भुकम्पपछि विद्यालयको शैक्षिक तथा भौतिक एवम् मनोसामाजिक वातावरण र गुणस्तर सुधारका लागिपरेको विद्यालयले भेलामा सोहि विषयलाई प्रमुखताका साथ अघि सारिएको शिक्षक सिताराम दाहालले बताउनुभयो । यसका लागि अक्षयकोष समेत स्थापना गरिएको र पूर्व विद्यार्थी संगठनले यसको लागि केही दिनअघि विशेष भेला आयोजना गरि सघाएका थिए । भेलाको अवशरमा भने शिक्षासेवी पूरण बहादुर जोशीले १ लाख रकम, गैसस महासंघका अध्यक्ष कृष्ण धितालले २५ हजार लगायत अक्षय कोषलाई रकम उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको शिक्षक दाहालले बताउनुभयो ।

भेलामा प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले विधालयको शैक्षिक प्रगति विवरण र भावी रणनीति प्रस्तुत गर्नुभएको थियो । लेखापाल रामजी प्रसाद हुमगाईले वार्षिक आय ब्यय विवरण र आगामि शैक्षिक सत्रको अनुमानित बजेट पेश गर्नुभएको थियो । विव्यस सदस्य पार्व्ति फूयाल ले स्वागत गर्नुभएको कार्यक्रममा कृष्ण प्रसाद धिताल, स्रोतब्यक्ति जनकराज पन्त, शिक्षक महासंघ मकवानपुर सचिव राजु गौतम, पूर्व अध्यक्ष बलराम घिमिरे, दीर्घ बहादुर थापा, समाजसेवी यतिराज सापकोटा, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु शिक्षक, विद्यार्थी, ब्यवस्थापन समिति तथा पिटिए पदाधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*